अकल्याण्डमा लगाईएको लेभल ४ र बाँकी न्युजिल्याण्डमा जरी लेभल २ को लकडाउन अझै एक साता कायम रहने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री जसिन्डा आर्डेनले देशमा जारी लकडाउनलाई जारी राख्ने निर्णय मन्त्री परिषदले गरेको कुरा बताईन् । डेल्टा भाईरसको संक्रमण बढेपछि गत अगस्त १७ देखि अकल्याण्डमा लेभल ४ को लकडाउन छ ।


