1.3K
Shares
न्युजिल्याण्ड सरकारले एक्रेडिटेड वर्क भिसा स्किमलाई रिभ्यु गर्ने भएको छ । यो वर्क भिसामा आएकाहरु अलपत्र परेको खबर बाहिरिएसंगै सरकारले एक्रेडिटेड वर्क भिसा स्किमलाई समिक्षा गर्ने भएको छ । ईम्रिग्रेसन न्युजिल्याण्डले यसबारेमा छानबीन सुरु गरेको छ । हाल सम्म १६० एक्रेडिटेड कम्पनी माथि छानबीन सुरु गरिएको बताईएको छ । जसमध्ये हालसम्म ५ वटा कम्पनीको मान्यता खारेज गरिएको छ । न्युजिल्याण्डमा एक्रेडिटेड वर्क भिसा स्किम अन्तरगत न्युजिल्याण्ड आएकाहरुले चरम आप्रवासी शोषण गरेको उजुरीको आधारमा अध्यागमनले अनुसन्धान सुरु गरेको हो । त्यही अनुरुप सरकारले यो भिसा स्किमबारे समिक्षा गर्ने लागेको हो ।