एक महिनापछि चल्यो सदन – New Zealand News Nepal (NZ News Nepal)

एक महिनापछि चल्यो सदन

   August 24, 2023  

एक महिनादेखिको सदन अवरोध अन्त्य भएको छ । गत १० साउनदेखि एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको थियो । बुधबार दलहरूबीच आयोग गठन गर्ने सहमति भएपछि सदनको अवरोध अन्त्य भएको हो ।

राष्ट्रिय दल मान्यता प्राप्त दलहरूको बैठकले सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने सहमति भएको छ ।  उक्त सहमतिबारे प्रतिनिधिसभा बैठकको सुरुमै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले  जानकारी गराएका छन् ।