प्रधानमन्त्री क्रिस हिप्किन्सले लेबर पार्टीले एनजेड फर्स्ट पार्टी सँग गठबन्धनको सम्भावना नरहेको घोषणा गरेका छन् ।
एनजेड फर्स्ट पार्टी सँग गठबन्धन गर्दा देशमा अस्थिरता बढ्ने भन्दै उनले गठबन्धन नहुने स्पष्ट परेका हुन् । ग्रिन पार्टी र माओरी पार्टी सँग गठबन्धन कायम रहने धारणा राख्दै आउदो चुनावमा लेबरले एनजेड फर्स्ट पार्टीसँग कुनै सम्झौता नगर्ने बताएका हुन् ।
स्मरण रहोस् सन् २०१७ को निर्वाचनमा लेबरको बहुमत नआउदा एनजेड फर्स्ट पार्टीले तत्कालिन प्रधानमन्त्री जसिन्डा आर्डेनलाई प्रधानमन्त्री बन्न सहयोग गरेको थियो । त्यो समय एनजेड फर्स्ट पार्टीसँग संसदमा ९ सिट रहेको थियो । २०२० को चुनावमा भने एनजेड फर्स्ट पार्टीले कुनै सिट जितेको थिएन । प्रधानमन्त्री हिप्किन्सले एनजेड फर्स्ट पार्टीबाट देश उभो नलाग्ने भन्दै गठबन्धन हुन नसक्ने बताएका हुन् ।