एसिया कप: नेपाल २ सय ३८ रनले पराजित

285 Shares

एसिया कपमा डेब्यु गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तानसँग १०४ रनमा नै अलआउट भएको छ। पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भयो। नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ।

ओडिआइ वरियताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग खेलेको नेपालले इतिहासकै विशाल लक्ष्य पाएको हो। खराब फिल्डिङ गरेको नेपाली टोलीका ब्याटरहरु पनि लामो समय क्रिजमा टिक्न सकेनन्।

सम्बन्धित समाचार

सबै