258
Shares
एसिया कप अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा हुने यो खेल न्युजिल्याण्ड समयअनुसार राती ९: ३० बजेदेखि सुरु हुनेछ ।
पाकिस्तानले भारतविरुद्ध समूह चरणको दोस्रो खेल खेल्दै छ । यो खेल जिते पाकिस्तान समूह विजेताको रूपमा अन्तिम चारमा प्रवेश गर्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई २३८ रनले हराउँदै पाकिस्तानले सुखद सुरुवात गरिसकेको छ ।