375
Shares
लेबर पार्टीले आउदो निर्वाचनमा अफ्नो सरकार भए ३० वर्ष मुनिका जनतालाई निशुल्क दन्त उपचार सेवा प्रदान गर्ने घोषणा गरेको छ । आफ्नो पार्टीको चुनावी अभियानको सुरुवात गर्दै लेबर पार्टीका नेता क्रिस हिप्किन्सले यस्तो घोषणा गरेका हुन् । ओक्टोबरमा हुने निर्वाचनलाई लिएर न्युजिल्याण्डका पार्टीहरुले चुनावी अभियान सुरु गरेका छन् । लेबरले शनिबार आफ्नो चुनावी अभियान घोषणा गरेको छ भने नेसनल पार्टीले आज आईतबार चुनावी अभियान सुरु गर्दै छ । न्युजिल्याण्डमा आउँदो ओक्टोबर १४ तारिकका दिन ५४ औं संसदका लागि आमनिर्वाचन हुँदै छ ।