करिश्मालाई केपी ओलीको फोन – New Zealand News Nepal (NZ News Nepal)

करिश्मालाई केपी ओलीको फोन

   September 18, 2021  

अभिनेत्री करिश्मा मानन्धरले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर आफ्नो परीक्षाबारे चासो राखेको बताएकी छिन् । ओलीले फोन गरेर परीक्षाबारे चासो राखेको अभिनेत्री मानन्धरले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । करिश्माले फेसबुकमा लेखेकी छन्, ‘फोन आउँदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली भन्ने आयो। म छक्क परे। मजाक हो कि भन्ने पनि लाग्यो। तर, उहाँ हाम्रो देशको पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो।’ पूर्व प्रधानमन्त्री ओलीको आवाज सुन्दा आफूलाई घर मुलीले छोराछोरीलाई भनेजस्तै लागेको करिश्माले उल्लेख गरेकी छन्। उनले आफूलाई सुरुवातमा फोन गर्ने ओली नै हुन् भन्ने विश्वास नलागेको बताएकी छिन्। तर उनले डुङ्गाको कथा सुनाएपछि ओलीले नै फोन गरेको बताएकी छिन् । मानन्धरले आफूजस्तो ‘सामान्य कलाकार’लाई फोन गरेकोमा पूर्व प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिएकी छन्। अभिनेत्री मानन्धर अहिले कक्षा १२ को परीक्षा दिइरहेकी छिन्।