35
Shares
न्युजिल्याण्डका तीन प्रमुख शहरमा आयोजना हुन लागेको ‘तीज मेला’मा प्रस्तुति दिन चर्चित गायिका समीक्षा अधिकारी र गायक खेम सेन्चुरी न्युजिल्याण्ड आइपुगेका छन्।
दुवै कलाकारलाई आज बिहान अकल्याण्डमा आयोजक लाखे इभेन्ट्सको टोलीले स्वागत गरेको थियो।
ट्राभल कर्नरको प्रस्तुति तथा लाखे इभेन्ट्सको व्यवस्थापनमा आयोजना हुने तीज मेला न्युजिल्याण्डका तीन शहरमा हुँदैछ। कार्यक्रम सेप्टेम्बर ४ मा वेलिङ्टन, सेप्टेम्बर ५ मा क्राइस्टचर्च र सेप्टेम्बर ७ मा अकल्याण्डमा आयोजना हुनेछ।
तीजको अवसरमा नेपाली कला, संगीत र संस्कृतिलाई न्युजिल्याण्डमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा समीक्षा अधिकारी र खेम सेन्चुरीले आफ्ना चर्चित गीत–संगीतमार्फत नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।