संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन – New Zealand News Nepal (NZ News Nepal)

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन

   September 12, 2023  

प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।

हृदयघातका कारण मंगलबार राति करिब २ बजे उनको निधन भएको हो। बालुवाटरस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।

अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको चिकित्सकले बताएका छन्। नेम्वाङ संविधानसभा अध्यक्ष समेत हुन्।