संसदमा फर्किदै छन् Winston Peters, कस्लाई देलान् साथ ?

475 Shares

न्युजिल्याण्डको राजनितीमा एउटा चर्चित नाम हो विन्स्टन पिटर्स । एनजेड फर्स्ट पार्टीका नेता पिटर्स अब संसदमा पुन: प्रवेश गर्दै छन् । पछिल्लो पोल अनुसार उनको पार्टीले ७ सिट ल्याउन सक्ने र संसदमा पुन: प्रवेश गर्ने सम्भावना रहेको छ । स्मरण रहोस् सन् २०१७ को निर्वाचनमा ९ सिट ल्याउदै एनजेड फर्स्ट पार्टीले प्रधानमन्त्रीमा जसिन्डा आर्डेनलाई समर्थन गरेको थियो । सो समय पिटर्स न्युजिल्याण्डका उपप्रधानमन्त्री नियुक्त भएका थिए । सन् २०२० को निर्वाचनमा भने पार्टीले कुनै सिट नजिते पछि संसदमा उस्को उपस्थिती रहेको थिएन । अब आउने निर्वाचनमा भने पिटर्सले संसदमा वापसी गर्ने सम्भावना रहेको देखिएको छ ।

आउने निर्वाचनमा एनजेड पार्टीले संसदमा प्रवेश गरे, कस्को समर्थन गर्छ त्यो भने रोचक हुने देखिएको छ । सन् २०१७ मा लेबरको साथ दिएका पिटर्सलाई अब लेबरले आफुलाई समर्थन नगर्न संकेत दिईसकेको छ । एनजेड फर्स्ट पार्टी सँग गठबन्धन गर्दा देशमा अस्थिरता बढ्ने भन्दै लेबरका नेता क्रिस हिप्किन्सले एनजेड फर्स्ट पार्टी सँग कुनै गठबन्धन नहुने बताईसकेका छन् । यस्तोमा पिटर्सले लेबरको साथ नदिने स्पष्ट देखिन्छ ।

तर पिटर्स नेसनल पार्टी तिर ढल्किने सम्भावना पनि कम छ । कुनै समय पिटर्स नेसनल पार्टीमा नै आबद्द थिए । सन् १९९३ अघि नेसनल पार्टी मै रहेका पिटर्सले सन् १९९३ देखि पार्टी परित्याग गरेर सांसद पदबाट राजिनामा दिएका थिए ।

तउरङाबाट निर्वाचित उनले उपनिर्वाचनमा स्वतन्त्र चुनाव लडेका थिए जस्मा उनले सजिलै जित हासिल गरे । सन् १९९३ को निर्वाचनमा भने उनले नयाँ पार्टी एनजेड फर्स्ट पार्टी स्थापना गरेर संसदिय यात्रा तय गरेका थिए । यस्तोमा नेसनलको सरकारलाई पिटर्सले समर्थन जनाउने सम्भावना पनि कम नै रहेको छ । यसबारेमा पिटर्सले पार्टीको आधिकारक धारणा भने सार्वजनिक गरेका छैनन् ।

सन् २००८ सम्म एनजेड फर्स्ट  पार्टीले संसदमा उपस्थिती जनाएको थियो । सन् २००८ को निर्वाचनमा पार्टीले कुनै सिट जितेको थिएन । सो कार्यकालमा पार्टी संसद बाहिर नै रहेको थियो । त्यस्पछि सन् २०११ देखि २०२० सम्म न्युजिल्याण्डको संसदमा पुन: प्रवेश पाएको थियो । अघिल्लो निर्वाचनमा पराजित हुँदै संसद बाहिरै रहेको थियो । अब आउने निर्वाचनमा भने उनको पार्टीले संसदमा कमब्याक गर्ने सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

सबै