कोरोना, प्राकृतिक बिपदी, महगाँईका कारण थलथलिएको न्युजिल्याण्डलाई नयाँ निर्वाचन संगै नयाँ जनादेशले कसरी निधारण गर्न सकिन्छ त्यसबारेमा मुख्य दलका नेताहरु बिच चुनावी आर्थिक बहस भएको छ ।
आज साझँ मुख्य राजनितिक ४ दलका दोस्रो तहका आर्थिक ममिला जानकार नेताहरुले बहस गरेका हुन् । बहसमा लेबरको तर्फबाट ग्राण्ट रोबर्टसन, नेसनलका तर्फबाट निकोला विलिस, ग्रिन पार्टीका जेम्स स, एक्ट पार्टीका डेविड सेमोर सहभागी भएका छन् ।
आगामी निर्वाचनमा अफ्नो पार्टीले जिते आर्थिक रुपमा कसरी न्युजिल्याण्ड सबल बनाउन सकिन्छ त्यसबारेमा बहसमा छलफल भएको थियो । बहसमा नेसनलकी निकोलाले लेबर सरकारको चर्को आलोचना गरेकी थिईन् ।
६ वर्षमा लेबरले देशको आर्थिक अवस्था तहसनहस बनाएको उनले आरोप लगाएकी थिईन् । एक्टका नेता डेविडले पनि पछिल्लो ६ वर्षमा न्युजिल्याण्डमा खर्च मात्र बढेको भन्दै लेबरकै कारण देश आर्थिक संकटमा फसेको आरोप लगाएका थिए । उनले अब देशमा परिवर्तन आवश्यक रहेको भन्दै एक्टको आर्थिक योजनाले देशलाई यो संकटबाट उन्मुक्ती दिने बताए ।
लेबरका तर्फ बाट बहसमा सहभागी अर्थ मन्त्री ग्राण्ट रोबर्टसनले आफ्नु सरकार चुनौतीमा बाबजुत सफल रहेको बताएका थिए । उनले कोरोना महामारी, चक्रवात, बाढी पहिरोको समयमा सरकारले जनता रिझाउने काम गरेको बताउदै लेबरको नयाँ सरकारले नयाँ आर्थिक समुन्नती दिने उनले स्पष्ट परेका थिए । ग्रिनका नेता जेम्सले सरकारले गरेको कामको प्रशंसा गर्दै सरकारले जनता बचाउन महामारीको बेला अर्थ व्यवस्था नहेरी खर्च गरेको बताए । आगामी महिना हुने निर्वाचनलाई लक्षित गरेर बहस आयोजना गरिएको थियो ।
साझँ ७ बजे सुरु भएको बहस पौने ९ बजे सकिएको थियो ।