एसिया कप फाइनल: उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

240 Shares

एसिया कप क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलंका फाइनल खेल खेल्दैछन् । कोलम्बोको आर प्रेमदासा रंगशालामा न्युजिल्याण्ड समयअनुसार राती ९:३० बजे सुरु हुने खेलमा भारत आठौँ पटक एसिया कपको च्याम्पियन बन्ने लक्ष्यमा छ भने श्रीलंका सातौँ पटक उपाधि जित्ने योजनामा छ ।

एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन् । यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो ।

उपाधिका लागि भारत र श्रीलंकाबीच ८ पटक भिडन्त भएको छ। जसमा भारत ५ र श्रीलंकाले ३ पटक उपाधि जितेका छन् ।

सम्बन्धित समाचार

सबै