अमेरिकामा के गर्दै छिन् पुर्व प्रधानमन्त्री जसिन्डा आर्डेन ?

338 Shares

न्युजिल्याण्डकी पुर्व प्रधानमन्त्री जसिन्डा आर्डेन अहिले अमेरिकाको बोस्टनमा छिन् । न्युजिल्याण्डको प्रधानमन्त्री पदबाट गत जनवरीमा राजिनामा दिएपछि उनी राजनितीमा आफु सकृय नहुने र पुन: निर्वाचन नलड्ने निर्णय गर्दै देशको कार्यकारी पदबाट बाहिरिएकी थिईन् । त्यसपछि उनी के गर्छिन भन्ने सबैलाई चासो रहेको थियो ।

हाल उनी अमेरिकामा छिन् । बोस्टन स्थित हार्वर्ड युनिभर्सिटीमा उनी बिशेष अध्ययन तथा रिसर्च गर्दै छिन् । उनले त्यहाँ तीनवटा फेलोशिपहरूमा काम गरिरहेकी छिन् । हाल उनले हार्वर्ड केनेडी स्कूलमा दुईवटा नेतृत्व फेलोशिपमा र बर्कम्यान क्लेन सेन्टर फर इन्टरनेट एण्ड सोसाइटीको फेलोशिप काम गरिरहेकी छिन् । गत अगस्त बाट सुरु भएको फेलोशिपको काम २०२४ अगस्त सम्म हुने छ ।

त्यसका अलावा जसिन्डाले किताब लेख्दै छिन् । उनले लिडरसिपसँग सम्बन्धित किताब लेख्दै छिन् । उनले आफुले आफ्नो प्रधानमन्त्री कालमा भोगेका चुनौती र त्यस्लाई सामाना गर्न आफुले चलेका कदमहरुको सन्दर्भमा किताब लेख्दै गरेको कुरा जानकारी गराएकी थिईन् । अमेरिकाको चर्चित टि.भी कार्यक्रम गूड मर्निङ अमेरिकामा छोटो अन्तर्वाता दिदै आर्डेनले आफुले किताब लेखाई काम पनि फेलोशिप सँगै अगाडि बढाएको बताएकी छिन् । आफुले अमेरिकामा हुँदा न्युजिल्याण्डमा  मानिसलाई धेरै मिस गर्ने गरेको कुरा पनि बताएकी थिईन ।

सन् २०१७ मा पहिलो पटक न्युजिल्याण्डको प्रधानमन्त्री बन्दा आर्डेन ३७ वर्षकी थिईन्। उनी विश्वकै कान्छी प्रधानमन्त्री बनेकी थिईन् । प्रधानमन्त्री हुँदै बच्चालाई जन्म दिनु , कोरोना कालमा देशलाई कोरोना मुक्त बनाउन सफल हुनु, लगायतका बिभिन्न कार्यका कारण आर्डेन विश्वमाझ प्रशंसाको पात्र बनेकी थिईन । ५ वर्ष प्रधानमन्त्री पदमा बसेपछि उन्ले आफु अब थाकेको भन्दै गत जनवरीमा प्रधानमन्त्री पदबाट राजिनामा दिएकी थिईन् । उनले आफु फेरी राजनितीमा नआउने कुरा पनि स्पष्ट पारेकी थिईन् ।

 

सम्बन्धित समाचार

सबै