1.3K
Shares
अकल्याण्डमा सम्पन्न एभरेष्ट कप २०२३ को उपाधी क्राइसचर्चको नेपाल युनाईटेडले जितेको छ । आज सम्पन्न फाईनल खेलमा गोर्खा फूटबल क्लबलाई ३-१ गोल अन्तरले हराउदै नेपाल युनाईटेडले तेस्रो संस्करणको एभरेष्ट कप जितेको हो । बिजेता टोलीको तर्फबाट निरज बस्नेतले सबै ३ गोल गरेका थिए । बस्नेत नेपाली राष्ट्रिय फूटबल टिमका पुर्व खेलाडी हुन् ।

दुई दिन सम्म चलेको प्रतियोगितामा न्युजिल्याण्ड भरिका १५ फूटबल टिमको सहभागिता रहेको थियो । यो वर्षको एभरेष्ट कप गोर्खा फूटबल क्लबलले आयोजना गरेको थियो । प्रतियोगिताको अघिल्ला दुई संस्करण भने सन् २०२० र २०२२ मा न्युजिल्याण्डको राजधानी वेलिङ्टनमा आयोजना गरिएको थियो ।