NZ Election: भोलीबाट भोट हाल्न मिल्ने – New Zealand News Nepal (NZ News Nepal)

NZ Election: भोलीबाट भोट हाल्न मिल्ने

   October 1, 2023  

न्युजिल्याण्डमा आउदो अक्टोबर १४ तारिकका दिन हुने आम निर्वाचनका लागि भोलीबाट मतदान सुरु हुँदै छ । निर्वाचनका लागि एड्भान्स भोटिङ आउदो सोमबार अर्थात भोलीबाट सुरु हुने छ । भोली बाट १४ तारिक सम्म मतदाताले मतदान गर्न सक्ने छन् । निर्वाचनको अन्तिम दिन अक्टोबर १४ तारिकका दिन भने बिहान ९ बजे देखि साझँ ७ बजे सम्म मतदान स्थल खुला रहने छ । अन्य दिन भने मतदान स्थल अनुसार समय निर्धारणा गरिएको छ । १२० सिटका लागि हुने निर्वाचनमा ६५ जेनेरल निर्वाचन क्षेत्र रहेका छन् भने ७माओरी निर्वाचन क्षेत्र तोकिएको छ । हरेक मतदाताले दुई स्थानमा मतदान गर्नु पर्ने छ । पहिलो पार्टीको लागि र दोस्रो आफ्नो निर्वाचन क्षेत्रबाट कुन उमेदवारलाई संसदमा प्रतिनिधित्व गराउन चाहनुहुन्छ उक्त उमेदवारलाई मत दिनु पर्ने छ । न्युजिल्याण्डको संसदमा १२० जना सांसद हुन्छन् जस्मा ७२ जना प्रत्यक्ष रुपमा निर्वाचित हुन्छ्न भने बाँकी ४८ जना समानुपातिक सुचीबाट निर्वाचित हुन्छन् । निर्वाचनको नतिजा अक्टोबर १४ तारिक साझँबाट नै सार्वजनिक गर्ने तयारी गरिएको छ ।