दुई ‘क्रिस्टोफर’ बिच प्रधानमन्त्री पदको लागि लडाईँ, कस्ले मार्ला बाजी ?

281 Shares

न्युजिल्याण्डले आउदो शनिबार नयाँ प्रधानमन्त्री पाउदैँ छ । ५४ औं प्रतिनिधि सभाका लागि भईरहेको मतदान शनिबार सम्पन्न भएसँगै मतगणना सुरु हुनेछ । सोही दिन बेलुका अबेर सम्ममा चुनावको नतिजा सार्वजनिक हुने छ । त्यसपछि देशले पाउने छ नयाँ प्रधानमन्त्री । प्रधानमन्त्री पदको लागि लेबरका नेता क्रिस्टोफर जोन हिप्किन्स क्रिस र नेसनलका नेता क्रिस्टोफर लक्सनबिच कडा टक्कर हुँदै छ । लेबर पार्टीले बढी सिट ल्याए अहिलेकै प्रधानमन्त्री हिप्किन्स आगामी ३ वर्षका लागि प्रधानमन्त्री बन्ने छन् भने नेसनलले बढी सिट ल्याए लक्सन देशको प्रधानमन्त्री बन्ने छन् । लेबर सरकारलाई ग्रिन र माओरी पार्टीले समर्थन गर्ने छ भने नेसनलको सरकार बने एक्ट र एनजेड फर्स्ट सरकारमा सहभागी हुने छन् । पछिल्लो केही सर्वेक्षण अनुसार अब आउने सरकार नेसनलले बनाउने छ । तर लेबर पार्टीले नेसनललाई कडा टक्कर दिईरहेको अवस्थामा चुनावको नतिजा कस्तो आउँला त्यो भने शनिबार राती थाहपाईने छ ।

सम्बन्धित समाचार

सबै