न्युजिल्याण्डको ४ शहरमा कुन कुन दिन हुँदै छ ‘दशैँ धमाका’ ? – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डको ४ शहरमा कुन कुन दिन हुँदै छ ‘दशैँ धमाका’ ?

   October 12, 2023  

न्युजिल्याण्डका बिभिन्न शहरहरुमा यो वर्ष पनि दशैं धमाका आयोजना हुँदै छ । लाखेँ ईभेन्ट्सले यो वर्ष पनि न्युजिल्याण्डका बिभिन्न शहरहरुमा दशैं को अवसरमा कार्यक्रम गर्न लागेको हो । यो वर्ष चर्चित गायक प्रमोद खरेल, गायिका मेलिना राई र कमेडियन सुमन कार्की न्युजिल्याण्ड आउँदै छन् । न्युजिल्याण्डका ४ मुख्य शहरमा कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

आउदो अक्टोबर २० देखि २३ तारिकका दिन न्युजिल्याण्डको ४ शहरमा कार्यक्रम आयोजना हुँदै छ । नर्थ आईल्याण्डको दुई ठुला शहर अकल्याण्ड र वेलिङ्टनमा दशैं धमाका आयोजना हुँदै छ । त्यस्तै साउथ आईल्याण्डको क्राईसचर्च र इन्भरकर्गिलमा कार्यक्रम हुँदै छ । अक्टोबर २० तारिकका दिन राजधानी वेलिङटनमा, २१ मा क्राईसचर्चमा, २२ मा इन्भरकार्गिलमा र २३ तारिकका दिन अकल्याण्डमा कार्यक्रम आयोजना हुँदै छ ।