303
Shares
न्युजिल्याण्डमा गत अक्टोबर १४ मा सम्पन्न भएको निर्वाचनमा नेसनल पार्टीले ५० सिट जित्दै देशको ठुलो पार्टी बनेको छ । अब नेसनल पार्टीका नेता क्रिस्टोफर लक्सन न्युजिल्याण्डको ४२ औँ प्रधानमन्त्री नियुक्त हुँदै छन् । निर्वाचन सकिएर नतिजा आएपनि लक्सन प्रधानमन्त्रीको कुर्सी सम्म पुग्न केही समय कुर्नु पर्ने हुन्छ । निर्वाचन आयोगले यो निर्वाचनको अन्तिम मतपरिणाम नोभेम्बर ३ तारिकका दिन सार्वजनिक गर्ने तयारी गरेको छ । सरकार फेरबदल हुने निश्चित भएता पनि निर्वाचनको अन्तिम नतिजा सार्वजनिक नहुन्जेल तत्कालिन लेबर सरकारलाई कामचलाऊ सरकारको रुपमा काम गर्ने छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुन्जेल अहिलेका प्रधानमन्त्री क्रिस हिप्किन्स नै कामचलाउ प्रधानमन्त्रीको रुपमा काम गर्ने छन् ।