तस्बिरमा हेर्नुहोस् न्युजिल्याण्डको दशैँ (फोटो फिचर) – New Zealand News Nepal (NZ News Nepal)

तस्बिरमा हेर्नुहोस् न्युजिल्याण्डको दशैँ (फोटो फिचर)

   October 24, 2023  

न्युजिल्याण्डका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीले २०८० सालको विजया दशमी हर्षोउल्लासका साथ मनाएका छन् ।  न्युजिल्याण्डमा टिकाको शुभ साइत बिहान ११ बजेर २१ मिनेटमा थियो । साइत लगत्तै यहाँ नेपालीहरुले टिका थाप्न सुरु गरेका थिए  ।  न्युजिल्याण्डमा नेपाली समुदायले टीका ग्रहण गरेका तस्बिरहरु सामाजिक संजालमा धमाधम राख्न थालेका छन् ।
न्युजिल्याण्डमा विजया दशमी मंगलबार परेकोले यहाँ बिदा नहुने भएकोले काममा बिदा नहुनेहरुले कामबाट आएर पनि परिवारसँग टीका लगाएका छन् । अधिकांश नेपालीहरुले बिदा लिई दशैँ मनाएका छन् । वर्ष दिनमा आउने महान चाड दशैँमा नेपाली पुरुषहरु नेपाली पोशाक दौरासुरुवाल, भादगाउँले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि बिशेष गरि राता सारी  तथा गरगहनामा सजिएका थिए ।

हेरौ न्युजिल्याण्डमा बस्ने नेपालीहरुको दशैँ तस्बिरहरु  :

 

तस्बिर संकलन: फेसबूकबाट