369
Shares
नेसनल, एक्ट र एनजेड फर्स्ट पार्टीको गठबन्धनबाट बनेको नयाँ सरकारले सार्वजनिक गरेको १०० दिनको योजनाका केही बुदामा बिरोध जनाउदै माओरी पार्टीले नर्थ आईल्याण्ड भरि प्रदर्शन गर्ने भएको छ । माओरी पार्टीले आज बिहान ७:३० देखि ९ बजे सम्म नर्थ आईल्याण्डका बिभिन्न शहरहरुमा प्रदर्शन गर्न लागेको हो । माओरी पार्टीका अनुसार नर्थ आईल्याण्डको अकल्याण्ड, वाईकातो, पाल्मेसन नर्थ, हावेरा, न्यु प्लाईमाउथ, टोकोरोवा, फ्ङानुइ, पोरीरुवा, फ्ङारै, तउरङा, रोतोरुवा र राजधानी वेलिङटनमा प्रदर्शन गर्ने तयारी गरिएको छ । प्रदर्शन हुने समयमा ट्राफिक व्यवस्थामा असर पर्ने प्रहरीले जनाएको छ ।