३७९ यात्रु सवार जापान एयरलाइन्सको बिमानमा आगलागी

537 Shares

जापानको राजधानी टोक्योको हानेडा एयरपोर्टमा एक यात्रुवहाक जहाजमा आगो लागेको छ।

जापानी समाचार एजेन्सी क्योडोका अनुसार अवतरणअघि यो जहाज कोस्ट गार्डको अर्को जहाजसँग ठोक्किएको थियो।  अहिले विमानस्थलमा जलेको जहाजको आगो निभाउने कोसिसमा अग्निनियन्त्रक लागेका छन्। तर उक्त जहाज जलेर करिब ध्वस्त भइसकेको छ।उक्त दुर्घटनाका क्रममा भएको मानवीय क्षतिको विवरण आइसकेको छैन।

जापान एयरलाइन्सका एक प्रवक्ताका अनुसार होकाइडोको शिन-चितोसे एयरपोर्टबाट गएको उक्त जहाजमा ३७९ जना थिए। जसमध्ये ३६७ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए।

सम्बन्धित समाचार

सबै