318
Shares
न्युजिल्याण्डको राजनितीमा सन् २०२३ बिशेष रहन गयो । एकै वर्षमा देशमा ३ प्रधानमन्त्रीले शासन गरे । सन् २०१७ देखिकी प्रधानमन्त्री जसिन्डा आर्डेनले जनवरी १९ का दिन राजिनामा दिएपछि लेबर पार्टीका नेता क्रिस हिप्किन्स देशको प्रधानमन्त्री बने । तर २०२३ को अन्त्य सम्ममा न्युजिल्याण्डमा सरकार परिवर्तन हुन पुग्यो ।
अक्टोबरको आमनिर्वाचनले नेसनल पार्टीका नेता क्रिस्टोफर लक्सनलाई आगामी ३ वर्षका लागि देशको नयाँ प्रधानमन्त्री रुपमा प्राप्त गर्यो । सन् २०२३ मा जसिन्डाले २५ दिन देशको कार्यकारी पद सम्हालिन् । त्यस्तै हिप्किन्स सन् २०२३ मा जनवरी २५ देखि नोभेम्बर २७ सम्म गरेर ३०६ दिन प्रधानमन्त्री पदमा बसे ।
त्यसपछि प्रधानमन्त्री निर्वाचित भएका लक्सन नोभेम्बर २७ यता देशको प्रधानमन्त्री पदमा आसिन रहेका छन् । ।