न्युजिल्याण्डमा एक वर्षमा खाद्यान्नको मुल्य ६ प्रतिशतले बढ्यो

301 Shares

न्युजिल्याण्डमा खानेकुराको मुल्य पछिल्लो एक वर्षमा ६ प्रतिशतले बढेको छ । स्ट्याट्स एनजेडले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार न्युजिल्याण्डमा सन् २०२२ को भन्दा सन् २०२३ मा मूल्य वृद्धि ६ प्रतिशतले बढेको हो । एनजेडले पाँच वटा बिभिन्न शिर्षकमा मुल्य वृद्धिको विवरण सार्वजनिक गरेको हो । जसअन्तर्गत किराना खाद्यमा ७ प्रतिशतले सन् २०२३ मा मुल्य बढेको पाईएको छ । त्यस्तै रेस्टुरेन्टको खाना र तयारी खानाको मूल्य ७।५ प्रतिशतले बढेको छ । उता फलफूल र तरकारीको मूल्य ४.८ प्रतिशतले बढेको छ भने पेय पदार्थको मूल्य ५.८ प्रतिशत बढेको छ । पेय पदार्थको मुल्यमा मध्यपानको मुल्य उल्लेख नगरिएको बताईएको छ । पेय पदार्थको सुचीमा कोल्ड ड्रिक्स, फ्रेस जुस, फ्लेबर्ड जुस, स्मुथी, कोल्ड कफी आदी रहेका छन् । त्यस्तै माछा मासुको मुल्यमा २ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

सबै