बरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहित बिभिन्न कलाकारहरु न्युजिल्याण्ड आउने भएका छन् ।
सांस्कृतिक कार्यक्रम मह जात्रा अन्तर्गत मह जोडी न्युजिल्याण्ड आउन लागेका हुन् । यही आउँदो अप्रिल र मे मा अष्ट्रेलिया र न्युजिल्याण्डमा यो कार्यक्रम आयोजना हुने बताईएको छ । अष्ट्रेलिया र न्युजिल्याण्डमा सोलाङ्चर नामक संस्थाले कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त्त कार्यक्रममा मह जोडीको अलावा कलाकार किरण केसी, नरेन्द्र कंसाकार र गायिका कुन्ती मोक्तानको पनि प्रस्तुती रहने सोलाङ्चरले जनाएको छ । कार्यक्रमको थप विवरण भने सार्वजनिक गरिएको छैन ।



