के वेयरहाउसमा सस्तो छ किराना सामान ?

519 Shares

न्युजिल्याण्डमा किराना सामान किन्नको लागि धेरै जसो मानिस प्याक एन सेभ, वुलवर्थ, न्यु वर्ल्ड, फ्रेस चोईस लगायतका सुपर मार्केट धाउने गर्दछन् । सस्तो र राम्रो अन्य सामान किन्न केमार्ट, वेयर हाउस जाने गर्दछन् । केमार्ट, वेयर हाउसमा बिशेषत दैनिक उपयोग हुने सामान लत्ता कपडा, भन्सामा प्रयोग हुने सामान, गार्डेनिङको सामान आदी पाउने गर्दछ । गत वर्षबाट वेयर हाउसले आफ्नो अधिकांश स्टोरमा किराना सामानका साथै फलफुल, तरकारी बेच्ने निर्णय गरेको थियो ।

सामान्यता: न्युजिल्याण्डमा किराना सामानको लागि प्याक एन सेभलाई सस्तो मानिन्छ र अधिकांश आफ्नो किराना समान किन्न प्याक एन सेभ नै जाने गर्दछन् । तर केही दिन अघि न्युजिल्याण्डमा एउटा समाचारले तहल्का मच्चायो । वेयर हाउसले न्युजिल्याण्डमै सबै भन्दा सस्तो मा अन्डा बिक्रीमा राखिएको भन्ने खबर देश भर फैलिएको थियो । अन्य स्टोरले ८-९ डलर मा बेच्ने गरेको एक दर्जन अन्डालाई वेयर हाउसले मात्र ५ डलरमा बिक्रीमा राखेको थियो ।

Everyday Low Price नाम दिएर वेयर हाउसले अहिले धेरै समान डिलमा राखेको छ । वेयरहाउसका अनुसार न्युजिल्याण्डमा बढ्दै गएको महगाईँ र यसबाट उपभोक्ताको आर्थिक अवस्थामा धेरै भार परेकोले यसबाट राहत दिन वेयरहाउसले धेरै सामानलाई सस्तोमा बेच्ने भएको हो । वेयर हाउसको यो निर्णयलाई उपभोक्ता संगठनहरुले स्वागत गरेका छन् ।

अन्य सुपरमार्केटको तुलानामा वेयरहाउसमा पाईने सामान भारी अन्तरले सस्तोमा पाउने देखिएको छ । यस्को प्रत्यक्ष असर अन्य सुपरमार्केटमा पर्नुको साथै वेयरहाउस स्वयम् लाई पनि पर्ने देखिन्छ । गत वर्षबाट मात्र वेयरहाउसले आफ्नो स्टोरमा किराना समान, तरकारी फलफुल आदि बेच्न थालएको हो । खपत अनुसार आपुर्ती गर्न भने वेयरहाउसलाई सजिलो हुने देखिदैन । उता प्याक एन सेभ, वुलवर्थ, न्यु वर्ल्ड, फ्रेस चोईस जस्ता स्टोरहरु किराना सामान केन्द्रित स्टोरहरु हुन् र उनिहरुले वेयर हाउसको किराना सामान बेच्ने योजनालाई नजरअन्दान गर्न सक्दैनन् । वेयरहाउसले सस्तोमा सामान बिक्रीमा राखे अरुले के गर्लान त्यो भने समयले बताउने छ ।

सम्बन्धित समाचार

सबै