वर्क भिसामा न्युजिल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने दुई जना नेपालमा पक्राउ

1.6K Shares

वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै रु ११ लाख ५० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी  सार्वजनिक गरेको छ ।

सल्ल्यानको शारदा नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ बस्ने ४६ वर्षीय चन्द्रबहादुर बुढाथोकी र सोही नगरपालिका वडा नं ५ घर भई हाल काठमाडौँ–२६ बस्ने ३३ वर्षीय टोपबहादुर सेजुवाललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रवक्ता रेग्मीका अनुसार पक्राउ परेकाहरुले खड्गराज गिरीसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

सम्बन्धित समाचार

सबै