सरकारका नयाँ मन्त्रीले लिए सपथ

366 Shares

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका तर्फबाट १६ नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीताको शपथ दिलाएका हुन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको २० सदस्यीय नयाँ मन्त्रिपरिषदमा तीनजना उपप्रधानमन्त्री रहेका छन्।

सरकारले बुधबार नै तीन जना उपप्रधानमन्त्री बनाइसकेको छ। तीमध्ये नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयताका उपप्रधानमन्त्री बनेका छन्। यसअघि गृहमन्त्री रहेका श्रेष्ठले बुधबार परराष्ट्रमन्त्रीको शपथ लिएका हुन्।

बुधबारै उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ,  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ लगायतले पदभार ग्रहण गरेका छन्।

सम्बन्धित समाचार

सबै