नेसनल सरकारको १०० दिन, प्रधानमन्त्रीको दावी: ‘Cost of Living मा सुधार आएको छ’

362 Shares

प्रधानमन्त्री क्रिस्टोफर लक्सनले न्युजिल्याण्डमा महँगाई नियन्त्रणमा आएको र मा पनि सुधार आएको दावी गरेका छन् । आफ्नो सरकारले १०० दिन पुरानो गरेको सन्दर्भमा प्रधानमन्त्री लक्सनले आफुले १०० दिनमा गर्ने भनेको ४९ वटा काम अघि बढेको बताएका छन् । उनले सरकारको तर्फबाट नियन्त्रणमा सक्दो समय खर्च गरेको बताएका छन् । सरकारले देशको आर्थिक अवस्थामा सुधार ल्याउने, देशभरि स्वास्थ्य र शिक्षा क्षेत्रलाई सुलभ बनाउने र देशमा अपराधीक कृयाकलाप नियन्त्रणमा ल्याउने भनेर पहिलो मन्त्रिपरिषद बैठक बाट सरकारको १०० दिने योजना सार्वजनिक गरेको थियो । ४९ वटा प्रतिवद्द्ता जारी गर्दै सरकारले १०० दिनमा यि प्रतिवद्दता पुरानो गर्ने बताएको थियो । नेसनल पार्टी, एक्ट र एनजेड फर्स्टको गठबन्धनबाट बनेको सरकारले शुक्रबार १०० दिन पुरानो गरेको छ ।

सम्बन्धित समाचार

सबै