मे ३० मा बजेट ल्याउने न्युजिल्याण्ड सरकारको तयारी

308 Shares

न्युजिल्याण्ड सरकारले सन् २०२४/२५ का लागि आर्थिक बजेट आउदो मे ३० तारिकका दिन सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्री निकोला विलिसले नयाँ सरकारको बजेट संसदमा प्रस्तुत गर्ने छिन् । सरकारले यो वर्षको बजेटमा करको दायरालाई घटाऊने अनुमान गरिएको छ । मन्त्री विलिसका अनुसार सरकारको प्राथमिकतामा नागरिकलाई करको भार कम गराउने, व्यापारिक विश्वासको पुनर्निर्माण गर्ने लगायतका बिषय रहेको छ । सरकारले आउदो मार्च २७ तारिकका दिन सरकारको बजेट प्राथमिकताहरु सार्वजनिक गर्ने मन्त्री विलिसले बताईन् ।

सम्बन्धित समाचार

सबै