न्युजिल्याण्डको ६ शहरमा लाग्दै अनमोल केसी अभिनित ‘फर्की फर्की’ – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डको ६ शहरमा लाग्दै अनमोल केसी अभिनित ‘फर्की फर्की’

   May 21, 2024  

अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको नेपाली चलचित्र फर्की फर्की न्युजिल्याण्डका ६ शहरमा प्रदर्शनमा आउने भएका छन् । न्युजिल्याण्डका ठुला शहरहरु अकल्याण्ड, वेलिङ्टन, क्राईसचर्च, तउरंगा, पाल्मेसन नर्थ र ह्यामिल्टनमा चलचित्र प्रदर्शनमा आउन लागेको हो । यि छ शहरमा बिहीवारबाट फर्की फर्की एकसाथ प्रदर्शनमा आउन लागेको हो ।

सुरेन्द्र पौडेलको सम्पादन, रोमन न्यौपाने र नरेन लिम्बुको सङ्गीत, नरेन्द्र मैनालीको छायांकन, सुयोग गुरुङको पटकथा, किरण थापाको कोरियोग्राफी रहेको यो चलचित्रको निर्माता ओमप्रकाश अग्रवाल, मनोज वली र अरुण रिजाल र सह–निर्माता रामु न्यौपाने हुन् ।

फिल्ममा अनमोल र जसिताका अलवा रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ ।