कहिले न्युजिल्याण्ड आउँदैछन् हरिवंश र मदनकृष्ण ?

424 Shares

बरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहित बिभिन्न कलाकारहरु न्युजिल्याण्ड आउने भएका छन् ।
सांस्कृतिक कार्यक्रम मह जात्रा अन्तर्गत मह जोडी न्युजिल्याण्ड आउन लागेका हुन् । यही आउँदो जुनमा न्युजिल्याण्डका दुई शहरमा यो कार्यक्रम आयोजना हुने बताईएको छ । अष्ट्रेलिया र न्युजिल्याण्डमा सोलाङ्चर नामक संस्थाले कार्यक्रम आयोजना गर्न लागेको हो । हाल अष्ट्रेलियाको बिभिन्न शहरमा मह जात्रा आयोजना भईरहेको छ । न्युजिल्याण्डमा भने अकल्याण्ड र काईसचर्चमा यो कार्यक्रम आयोजना हुँदै छ । अकल्याण्डमा जुन १५ मा र त्यस्को एक साता पछि क्राईसचर्च जुन २२ मा कार्यक्रम आयोजना हुने छ । उक्त्त कार्यक्रममा मह जोडीको अलावा कलाकार किरण केसी, नरेन्द्र कंसाकार र गायिका कुन्ती मोक्तानको पनि प्रस्तुती रहने सोलाङ्चरले जनाएको छ ।

सम्बन्धित समाचार

सबै