न्युजिल्याण्डमा आहिलेसम्म ७२.४ % मानिसले कोरोनाको पूर्ण खोप लगाएका छन् । एनजेड हेरल्डका अनुसार अहिले सम्म ७२.४ % मानिसले कोरोना बिरुद्धको फाईजर खोपको दुवै डोज लगाएका छन् । त्यस्तै १४.८ % ले पहिलो डोज लगाएको बताईएको छ । १२.८ % ले भने हालसम्म खोप लगाएका छैनन् । न्युजिल्याण्डमा ४२ लाख मानिस कोरोनाको खोप लगाउन योग्य छन् । त्यसमध्ये ३० लाखले खोपको दुवै डोज लगाए भने ६ लाखले पहिलो डोज लगाएको जनाईएको छ । एनजेड हेरल्डले डिसेम्बरसम्ममा ९०% ले पूर्ण रुपमा खोप लगाउने अनुमान गरेको छ । आउँदो क्रिसमस सम्म अधिकांश न्युजिल्याण्डबासीले कोरोनाको खोप लगाउने लक्ष्य लिईएको छ । अहिले दैनिक ४० हजारको हाराहारीमा मानिसले खोप लगाईरहेका छन् ।


