न्युजिल्याण्डमा बसोबास गर्ने माओरी समुदायका राजा Kiingi Tuheitia Pootatau Te Wherowhero VII को निधन भएको छ । उनको शुक्रबार बिहान ६९ वर्षको उमेरमा निधन भएको हो । उनि केही समय अगाडि मुटुको समास्याका कारण अस्पताल भर्ना समेत भएका थिए । राजाको अन्त्यष्टी उनकी आमा र अन्य माओरी राजाको समाधी स्थल ताउपिरी पर्वतमा गरिने बताईएको छ । १९५५ अप्रिलमा जन्मिएका राजा Tuheitia सन् २००९ देखि मओरी राजाको रुपमा शासन गर्दै आएका थिए । उनको आमा रानी Te Arikinui Dame Te Atairangikaahu को २००६ मा निधन भएपछि उनि ७ औं माओरी राजाको रुपमा राजा बनेका थिए ।
उनको निधनको शोकमा न्युजिल्याण्डको संसद मा राष्ट्रिय झन्डा आधा झुकाईएको छ भने विश्वभरबाट बिभिन्न नेताले उनको निधनमा दु:ख त्यक्त गरेका छन् ।


