अवतरण गर्ने क्रममा एयर न्युजिल्याण्डको बिमानको ईन्जिनमा आगो लागेपछि (भिडियो सहित) – New Zealand News Nepal (NZ News Nepal)

अवतरण गर्ने क्रममा एयर न्युजिल्याण्डको बिमानको ईन्जिनमा आगो लागेपछि (भिडियो सहित)

   September 1, 2024  

क्राईसचर्चबाट वेलिङ्टन तर्फ उडान भरेको एयर न्युजिल्याण्डको बिमानमा अवतरण गर्ने क्रममा आगलागी भएको छ ।
एयर न्युजिल्याण्डको  एनजेड ५३६६ अन्तर्गतको बिमान ४ बजेर ५ मिनेटमा वेलिङ्टन बिमानस्थलमा अवतरण गर्ने तालिका थियो । सोही अनुरुप बिमान ४ बजेर ४ मिनेट जादा अवतरण गर्ने क्रममा बाँया तर्फको ईन्जिनमा आगलागी भएको थियो । बिमान अवतरण हुनै लाग्दा ईन्जिनमा आगो लागेकाले ठुलो क्षति भने हुन नपाएको एयर न्युजिल्याण्डले जानकारी दिएको छ । बिमानले सफल अवतरण गरेको र बिमानमा सवार सबै ४० यात्रु सकुशल रहेको एयर न्युजिल्याण्डले जारी गरेकी बिज्ञप्तीमा उल्लेख गरिएको छ । घटना लगत्तै वेलिङ्टन बिमानस्थल केही समयलाई बन्द गरिएको थियो । आगो लागेको बिमान रनवे मै रोकिएकोले केही समय रन्वेमा उडान र अवतरण बन्द गरिएको थियो ।