न्युजिल्याण्ड प्रवेश गर्ने पर्यटकले तिर्दै आएको लेभी अब १०० डलर

677 Shares

न्युजिल्याण्ड प्रवेश गर्ने पर्यटकले तिर्दै आएको अन्तर्राष्ट्रिय आगन्तुक संरक्षण र पर्यटन लेभी अब ३ गुणा बढ्ने भएको छ ।
अक्टोबर १ बाट लागु हुने गरि लेभी ३५ डलर बाट १०० डलर पुर्याईने भएको हो । अब न्युजिल्याण्डको लागि भिसा आवेदन दिने हरेक पर्यटकले ३५ डलरको साटो १०० डलर तिर्नु पर्ने भएको छ । यसअघि आवेदन शुल्कको रुपमा १९० डलर, ईमिग्रेशन लेभीको २१ डलर र पर्यटक लेभीको रुपमा ३५ डलर तिर्दै आउनु परेको थियो । सन् २०१९ मा लेबर पार्टीको सरकारले न्युजिल्याण्डमा पर्यटकको लागि अन्तर्राष्ट्रिय आगन्तुक संरक्षण र पर्यटन लेभी भन्दै ३५ डलर अशुल्दै आएको थियो । अष्ट्रेलिया र अन्य केही प्यासिफिक टापुका देशहरूका आगन्तुकहरूलाई भने यो शुल्कबाट छुट दिईएको छ ।

 

सम्बन्धित समाचार

सबै