आध्यात्मिक गुरु श्रीश्री रविशंकर न्युजिल्याण्ड आउँदै – New Zealand News Nepal (NZ News Nepal)

आध्यात्मिक गुरु श्रीश्री रविशंकर न्युजिल्याण्ड आउँदै

   September 25, 2024  

आर्ट अफ लिभिङका संस्थापक श्रीश्री रविशंकर न्युजिल्याण्ड आउने भएका छन् । आउदो अक्टोबर २४ तारिकका दिन आयोजना हुने बिशेष कार्यक्रममा सहभागी हुन उनी अकल्याण्ड आउन लागेका हुन् ।
उनको कार्यक्रमको ६५ डलर देखि ३९५ डलर सम्मको टिकट राखिएको छ । अकल्याण्डको औतिया सेन्टरको किरी ते कानवा थिएटरमा साझँ ७:३० बजे देखि कार्यक्रम सुरु हुने छ ।

रविशंकर आध्यात्मिक गुरुको रुपमा प्रसिद्द रहेका छन् । प्रेम, करुणा र उत्साहजस्ता मानवीय मूल्यमान्यतालाई बढावा दिने भनेको आध्यात्मिकता हो भन्ने उनको विश्वास छ । उनका अनुसार यो कुनै एक धर्म वा संस्कृतिमा सीमित छैन।योग, ध्यान र सेवाको क्षेत्रमा क्रियाशील द आर्ट अफ लिभिङ फाउन्डेसन सन् १९८१ मा स्थापना भएको गैरनाफामूलक, शिक्षा र मानवीयताको क्षेत्रमा काम गर्ने आध्यात्मिक संस्था हो ।

विश्वका १५६ देशमा यसका शाखा छन् । तनावरहित मन र हिंसा रहित समाज भन्ने यसको मूल नारा रहेको छ ।