एयर न्युजिल्याण्डले न्युजिल्याण्डको राजधानी वेलिङ्टन र साउथ आईल्याण्डको ईन्भरकार्गिलबिच हाल संचालन भईरहेको सिधा उडान बन्द गर्ने भएको छ ।
आउदो जनवरी १९ तारिकबाट यो रुटको हवाई सेवा बन्द हुने एयर न्युजिल्याण्डले जनाएको छ । यात्रुको चाप घटेकाले उडान बन्द गर्नु परेको बताईएको छ । अहिले औषद एक उडानमा जम्मा ८-१० यात्रु हुने गरेको एयर न्युजिल्याण्डले जनाएको छ । अब नयाँ उडान अनुसार ईन्भरकार्गिलबाट वेलिङ्टन पुग्न क्राईसचर्च हुँदै जानु पर्ने हुन्छ । क्राईसचर्चमा ३० मिनेटको ट्रान्जिट हुने र जम्मा यात्रा समय २ घण्टा ४५ मिनेटको हुने भएको छ । यसअघि सिधाहवाई उडानमा वेलिङ्टनबाट ईन्भरकार्गिल २ घण्टामा पुगिन्थ्यो ।


