एकाबिहानै राजधानी वेलिङ्टन नजिकै गयो ५.७ रेक्टर स्केलको भुकम्प – New Zealand News Nepal (NZ News Nepal)

एकाबिहानै राजधानी वेलिङ्टन नजिकै गयो ५.७ रेक्टर स्केलको भुकम्प

   October 6, 2024  

न्युजिल्याण्डको राजधानी वेलिङ्टन नजिकै आज बिहान भुकम्प गएको छ ।

जियो नेटका अनुसार वेलिङ्टनबाट २५ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो ।

बिहान ५ बजेर ८ मिनेट जाँदा भुकम्प गएको बताईएको छ ।

भुकम्पको तिब्रता ५.७ रेक्टर स्केलको भएको र यस्को झट्का राजधानी वेलिङ्टन लगायत नर्थ आईल्याण्डका बिभिन्न ठाउँमा महसुस गरिएको बताईएको छ ।