नेपाली चलचित्र पूर्ण बहादुरको सारगीँको न्युजिल्याण्ड बितरक सम्बन्ध ईभेन्ट्सले न्युजिल्याण्डका बिभिन्न शहरहरुमा चलचित्रको सो थपेको छ । दर्शकको माग भएअनुसार चलचित्रको सो थप्नु परेको सम्बन्ध ईभेन्ट्सले जनाएको छ । गत बिहीबार बाट न्युजिल्याण्डभरि प्रदर्शनमा आएको चलचित्रले नेपाली दर्शकको अत्याधिक साथ पाएको छ । हरेक सोहरुमा दर्शकको उल्लेख्य उपस्थिती भएसँगै न्युजिल्याण्डमा चलचित्रको सो थपिएको हो ।
हाल चलचित्र अकल्याण्ड, तउरङा र क्राईसचर्चमा थप सोका साथ प्रदर्शन भईरहेको छ । यसअघि न्युजिल्याण्ड कै अन्य शहर वेलिङ्टन, नेल्सन, तिमारुमा चलचित्र प्रदर्शनमा आईसकेको छ ।


