न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नलाई संयुक्त राष्ट्रसंघले ‘च्याम्पेन अफ ग्लोबल चेन्ज’ अवार्डद्वारा सम्मान गर्ने भएको छ । उनले “महिलाको अधिकार, जलवायु परिवर्तन विरुद्ध लड्न, एकता र शान्तिको प्रवर्द्धन गर्ने प्रतिबद्धता आदीको कदर गर्दै यो पुरस्कार प्राप्त गर्नेछिन्। कठिन समयमा न्युजिल्याण्डको नेतृत्व सफलता पुर्वक गरेको भन्दै उनलाई यसअघि पनि बिभिन्न अन्तराष्ट्रिय अवार्ड बाट सम्मान गरिएको थियो । हाल अमेरिकामा रहेकी जसिन्डालाई न्यु योर्कमा भोली उक्त सम्मान प्रदान गरिदै छ ।
जसिन्डा सन् २०१७ देखि २०२३ सम्म न्युजिल्याण्डको प्रधानमन्त्री थिइन् । उनको कार्यकाल विश्वभर चर्चाको बिषय हुने गरेको छ । २०१९ मा भएको क्राइस्टचर्च मस्जिद आक्रमण, सोही वर्षको वाकारी/ह्वाइट आइल्याण्ड विष्फोट, र कोभिड महामारी लगायतका चुनौतीपूर्ण घटनाहरूको श्रृंखला मार्फत पनि देशको नेतृत्व कुशलता पुर्वक गरेको भन्दै उनको प्रसंशा हुने गरेको छ ।