प्राविधिक समस्या हुदाँ न्युजिल्याण्डमा राहदानी नविकरण सेवा रोकियो – New Zealand News Nepal (NZ News Nepal)

प्राविधिक समस्या हुदाँ न्युजिल्याण्डमा राहदानी नविकरण सेवा रोकियो

   November 23, 2024  

राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा प्राविधिक समस्या आएपछि राहदानी वितरण ठप्प भएको छ । यसका कारण न्युजिल्याण्डमा आजबाट सुरु भएको राहदानी नविकरण मोबाईल सेवा समेत प्रभावित भएको छ । साउथ आईल्याण्डको क्राईसचर्चमा आजबाट पासपोर्ट नरिकरणका लागि बायोमेट्रिक संकलनको काम हुने भनिएको थियो । तर वेबसाईटमा समस्या आएपछि बायोमेट्रिक लिने काम सुरु हुन नसकेको न्युजिल्याण्डस्थित नेपाली अवैतानिक वाणिज्यदुत आत्मराम खनालले जानकारी गराउनु भएको छ । जसका कारण राहदानी नविकरण मोबाईल सेवा अनिश्चित समयको लागि स्थगित गरिएको खनालले जानकारी दिनु भयो । राहदानी नविकरणका लागि आवेदन दिएकाहरुलाई ईमेलमार्फत सेवा स्थगित भएको जानकारी गराईएको छ । त्यस्तै प्राविधिक समस्या हल भएपछि पुन: नयाँ मितिमा बायोमेट्रिक संकलन गरिने बताईएको छ ।

नेपालमा पनि राहदानी वितरणको सबै कामकाज ठप्प भएको छ ।