न्युजिल्याण्डमा रहेका ८ सय नेपालीले पासपोर्ट नविकरण सेवा लिएका छन् । यो वर्ष न्युजिल्याण्डको अकल्याण्ड र काईसचर्चमा आयोजना भएको पासपोर्ट नविकरण सेवामा ८ सय बढीले सेवा लिएको न्युजिल्याण्ड स्थित नेपाली अवैतानिक वाणिज्य दुतावासले जानकारी दिएको छ । ३१ जनवरी २०२६ अगाडि पासपोर्टको म्याद सकिने नेपालीले नयाँ पासपोर्ट बनाउनको लागि दिएको आवेदनको आधारमा न्युजिल्याण्डमा गत महिना घुम्ती सेवा आयोजना भएको थियो । नर्थ आईल्याण्डको लागि अकल्याण्ड र साउथ आईल्याण्डको लागि क्राइसचर्चमा उक्त सेवा प्रदान गरिएको थियो । नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागका टोली नै न्युजिल्याण्ड आएका थिए । अष्ट्रेलियास्थित नेपाली दुतावासले पासपोर्ट नविकरण सेवाको लागि सहयोग प्रदान गरेको थियो ।


