676
Shares
न्युजिल्याण्ड सरकारले आगामी अप्रिलबाट न्युनतम ज्याला समान्य रुपमा बढाउने भएको छ । सरकारले आगामी वर्षको अप्रिल १ तारिकबाट हाल कायम रहेको न्युनतम ज्याला १।३ प्रतिशतले बढाउने भएको हो । सरकारका अनुसार अब न्युजिल्याण्डमा वस्यकको लागि न्युनतम ज्याला २३ डलर ५० सेन्ट पुग्ने भएको छ । अहिले २३ डलर १५ सेन्ट रहेको क्स्क्स्क्स्क्स मा ३५ सेन्ट मात्र बाढ्न लागेको हो । सरकारले हरेक वर्ष न्युनतम ज्याला बढाउदै आएको छ । यो वर्ष बढाउन लागेको ३५ सेन्ट सन् १९९० यताकै कम हो । अघिल्लो वर्ष सरकारले ४५ सेन्ट न्युनतम ज्याला बढाएको थियो ।