न्युजिल्याण्डको अकल्याण्डमा गुरुङ्ग समूदायहरुले तमु ल्होसार मनाएका छन् । न्युजिल्याण्डमा बसोबास गर्ने गुरुङ्ग समुदायले अकल्याण्डमा ल्होसार मनाएका हुन् । अकल्याण्डको माउन्ट अल्बर्ट मेमोरियल हलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा न्युजिल्याण्डस्थित नेपाली अवैतानिक वाणिज्यदुत दिनेश खड्का, एनआर एनए न्युजिल्याण्डका उपाध्यक्ष अच्युत अर्याल, एनआर एनए न्युजिल्याण्डका संस्थापक अध्यक्ष बाबुराजा महर्जन लगायतको उपस्थिती रहेको थियो । तमु धि न्युजिल्याण्डको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि, तथा अतिथिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । साथै संस्था का उपाध्यक्ष निशा गुरुङ्ग ले स्वागत मन्तव्य दिनु भएको थियो भने संस्था र तमु ल्होसार र गुरुङ्ग जातिको बारेमा संस्थाका अध्यक्ष नरजङ गुरुङ्ग ले स्पष्ट पार्नु भएको थियो ।
कार्यक्रममा गरुड बर्ग लाई बिदाई गर्ने र सर्प बर्ग लाई स्वागत स्वरूप उक्त बर्ग को मानिसहरूलाई गुरुङ्ग हरुको संस्कार अनुसार रिपा । रुपा लगाएर स्याई स्याई गरेर उनीहरुको सुस्वास्थ्यको कामना गरिएको थियो । आनन्द गुरुङ्ग र मनु गुरुङ्गले वहाँहरूलाई रिपा लगाई दिनु भएको थियो ।
कार्यक्रममा गुरुङ्ग जातिको लोप हुन लागेको रोधी पनि प्रस्तुत गरिएको थियो । नरेश गुरुङ्ग को साँस्कृतिक संयोजनम आकर्षक गुरुङ्ग र नेपाली गितहरुमा कलाकार हरुले नृत्य प्रस्तुत गरेका थिए भने तमन्ना गुरुङ्ग र सृजन गुरुङ्ग ले गित प्रस्तुत गरेका थिए ।
