न्युजिल्याण्डको प्रधानमन्त्री दुबईमा, युएई र न्युजिल्याण्डबिच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डको प्रधानमन्त्री दुबईमा, युएई र न्युजिल्याण्डबिच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर

   January 14, 2025  

संयुक्त अरब इमिरेट्स (युएई) र न्यूजिल्याण्डबिच प्रथम श्रेणीको स्वतन्त्र व्यापार सम्झौता र लगानी सन्धिमा हस्ताक्षर भएको छ । (युएईको भ्रमणमा रहेका न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन र युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेदको उपस्थितीमा न्युजिल्याण्डका व्यापार मन्त्री टोड म्याक्ले र युएईका समकक्षी मन्त्रीले आर्थिक साझेदारी सम्झौता र लगानी सन्धिमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री लक्सनले दुई देशबिचको व्यापार र आर्थिक सम्बन्ध बढाउनको लागि यो महत्वपूर्ण कदम रहेको बताएका छन् । यो सम्झौताले न्युजिल्याण्डको निर्यातमा उल्लेख्य सुधार हुने बताईएको छ ।