न्युजिल्याण्डको नर्थ आईल्याण्डस्थित अकल्याण्ड लगायतका क्षेत्रमा सोमबार र मंगलबार हावाहुरी सहित भारी वर्षा हुने भएको छ ।
मेट सर्भिसका अनुसार नर्थको नर्थल्याण्ड, अकल्याण्ड, कोरोमन्डल, फङराई, बेरियर आईल्याण्ड लगायतका क्षेत्रमा सोमबार र मंगलबार भारी वर्षा हुन लागेको हो । यि क्षेत्रमा आज अपरान्हबाट मौसममा बद्ली आउने छ र यो क्रम बुधबार सम्मा रहने मेट सर्भिसले जनाएको छ । यि क्षेत्रमा हावाहुरी र भारी वर्षाको कारण अलर्ट जारी गरिएको छ ।


