पर्यटकका कारण सन् २०२५ मा न्युजिल्याण्डको अर्थतन्त्र सुधारमा आउने अर्थमन्त्रीको विश्वास – New Zealand News Nepal (NZ News Nepal)

पर्यटकका कारण सन् २०२५ मा न्युजिल्याण्डको अर्थतन्त्र सुधारमा आउने अर्थमन्त्रीको विश्वास

   January 22, 2025  

न्युजिल्याण्डकी अर्थमन्त्री निकोला विलिसले सन् २०२५ मा पर्यटकका कारणले देशको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेकी छिन् ।
हालसालै आर्थिक बिकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी अर्थमन्त्री विलिसले देशमा अर्थतन्त्र चलायमान बन्न न्युजिल्याण्ड आउने पर्यटकको ठुलो हात हुने बताएकी छिन् । उनले न्युजिल्याण्ड भ्रमण गर्नको लागि जहासुकैको पर्यटकलाई स्वागत रहेको बताईन् । मन्त्री विलिसले कोरोना अवधी अगाडि जस्तो पर्यटक न्युजिल्याण्डले आस गरेको बताईन् । उनको भनाई अनुसार चीनबाट आउने पर्यटकको संख्या पनि यो वर्ष बढ्ने छ । अर्थ मन्त्रालयले हाल पर्यटन मन्त्रालयको सहयोगमा न्युजिल्याण्डमा पर्यटकको संख्या बढाउन कार्ययोजना बनाईरहेको पनि मन्त्री विलिसले जानकारी दिएकी छिन् ।