भारत जादैँ न्युजिल्याण्डका प्रधानमन्त्री लक्सन, नेपाल जाने सम्भवना कति ? – New Zealand News Nepal (NZ News Nepal)

भारत जादैँ न्युजिल्याण्डका प्रधानमन्त्री लक्सन, नेपाल जाने सम्भवना कति ?

   February 4, 2025  

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले चाडैँ भारतको भ्रमण गर्ने भएका छन् ।
अकल्याण्डमा आयोजित होली बिशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री लक्सनले आफु छिट्टै भारत भ्रमण गर्ने बताएका हुन् ।
केही महिना अगाडि लाओसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटेको संमरण गर्दै लक्सनले आफुलाई मोदीले भारत भ्रमणको निम्तो दिएको र आफु छिट्टै भारत जाने बताए ।
लक्सनले भारतसंगै अन्य केही दक्षिण एसियाका देशको भ्रमण गर्ने बताईएको छ । भारत भ्रमण गर्ने क्रममा उनले दक्षिण एसियाकै अन्य केही देशको भ्रमण गर्ने योजना बन्दै गरेको बताईएको छ । तर उनले कुन कुन देशको भ्रमण गर्ने भन्ने टुङो लागिसकेको छैन । यस्मा नेपाल पर्ने सम्भवना कम रहेको छ । लक्सनले तत्काल कुनै सानो देशको भ्रमण नगरि न्युजिल्याण्डको अर्थतन्त्र उकास्न ठुला देश सँग व्यापार सम्झौता गर्ने गरि भ्रमण गर्ने बताईएको छ ।