राजदूत यादवले अष्ट्रेलियामा बुझाइन् ओहोदाको प्रमाणपत्र, न्युजिल्याण्डमा पनि बुझाउने – New Zealand News Nepal (NZ News Nepal)

राजदूत यादवले अष्ट्रेलियामा बुझाइन् ओहोदाको प्रमाणपत्र, न्युजिल्याण्डमा पनि बुझाउने

   February 7, 2025  

अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले आफ्नो ओहोदाको प्रमाणपत्र बझाएकी छन्। अष्ट्रेलियाका गभर्नर जनरल शाम मोस्टेन समक्ष विशेष समारोहमा राजदूत यादवले ओहोदाको प्रमाणपत्र बुझाएकी हुन्। सोही अवसरमा उनले राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश पनि  अष्ट्रेलियाका राष्ट्रप्रमुख समक्ष हस्तान्तरण गरेकी थिइन् । प्रमाणपत्र बुझाउनुअघि राजदूतको सम्मानमा सैनिक टुकडीले सलामी दिएको थियो भने अष्ट्रेलियाका आदिवासीहरुले आफ्नै शैलीमा देशमा स्वागत कार्यक्रम गरेका थिए । अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध स्थापनाको ६ दशकभन्दा लामो अवधिमा पूर्वमन्त्रीलाई नै राजदूतको रुपमा पठाइएको पहिलो पटक हो ।

राजदूत यादवले नै अष्ट्रेलिया सहित न्यूजिल्याण्ड समेत हेर्ने भएका कारण यसपछि न्यूजिल्याण्डमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम हुनेछ । उनले न्युजिल्याण्डकी गभर्नर जनरल सिन्डी किरो समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने छिन् ।